Sagun Khabar
कञ्चनपुरमा चट्याङ लागेर दुईजनाको मृत्यु, एक जना घाइते 

कञ्चनपुर –कञ्चनपुरमा चट्याङ लागेर दुई  जनाको मृत्यु भएको छ । 

जिल्लाको दोधारा–चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यमबहादुर सुनार र लालझाडी गाउँपालिका–१ नौरंगाकी २८ बर्षीया हिरामती रानाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

Atrya hospital

बुधबार मध्यान्ह १२ बजे दोधारा–चाँदनी गरपालिकाको भट्टीनालास्थित बजारबाट घर जाने क्रममा पानी परेपछि यमबहादुर र सोही स्थानका ३६ वर्षीय जगते सुनार रुखमुनि बसेका थिए । सोही क्रममा चट्याङ लागेर दुबै जना घाइते भएका थिए ।

उपचारका क्रममा यमबहादुरको एक बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस्तै बिहान साढे १० बजे चट्याङ लागेर घाइते भएकी लालझाडीकी हिरामति रानाको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा आज दिउँसो १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए । 
 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update