Sagun Khabar
दार्चुलामा ढुंगा लागेर घाइते भएका मजदुरको मृत्यु 

दार्चुला –नेपाली सेनाले निर्माण गरिरहेको दार्चुलाको तिंकर सडकमा काम गरिरहेका एक मजदुरको मृत्यु भएको छ ।

सोमबार दिउँसो सडक खन्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएका डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ पालङका २२ वर्षीय धनप्रसाद डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक छत्र रावतले जानकारी दिए । 

Atrya hospital

ढुंगा लागेर गम्भीर घाइते भएका डाँगीलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याउने क्रममा सोमबार साँझ साढे ६ बजेतिर बाटोमै मृत्यु भएको उनले बताए । 

मृतक डाँगीको शव पोष्टमार्टम गरेर आफन्तलाई बुझाइएको र नेपाली सेनाको हेलिकोप्टरमार्फत उनको शवलाई डोल्पा लगिएको प्रहरी निरीक्षक रावतले बताए । 

दार्चुला–तिंकर सडकखण्डअन्तर्गतको व्यास गाउँपालिका–२ आतुङ्ती क्षेत्रमा काम गरिरहेका बेला डाँगीलाई माथिबाट खसेको ढुंगा लागेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १६:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update