Sagun Khabar
प्रेमाश्रुका गजल 

छाँटकाँट चालाढाला यिनका भेषको विकास हेर
सुदामाको कनिका भो  मेरो  देशको विकास हेर ।।

झुटा कबुल  हदै गरि  खाई अघाए  आफू आज
मात – मत्ता  हेर  कठै !  सनेसको  विकास  हेर ।।

Atrya hospital

आँधी–व्याधि सहि बस्छौं,प्रतिकारको हुती छैन
सुदूरपश्चिम, कर्णाली  र  मधेसको  विकास हेर ।।

अखडा  अडा  गरी  वितण्डा  पो  मच्चाइरा’छन्
चुरीफुरी  उग्र   यिनमा  आवेशको  विकास  हेर ।।

आऊ,  सबै  मिलिजुली  स्वदेशमै  बसौं भन्छन्
कहाँ छ र,सब बस्न मिल्ने स्पेसको विकास हेर ।।

निस्तब्धता छाएको छ, सुषुप्तिमा  पर्दा नायक
साना देखि ठूला जनमा, क्लेशको विकास हेर ।।

देख्ने आँखा छ र कसको निमुखाको हाल यहाँ
दिन परदिन  हुदै  गा’छ  हरेसको  विकास  हेर ।।
 

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update