बैतडी –गएको बिहीबार साँझदेखि घरबाटै बेपत्ता भएका बैतडीको सुर्नया गाउँपालिका ४ बिकुलीका १६ बर्षीय विजय कुँवर सम्पर्कमा आएका छन् ।
उनी काठमाण्डौं पुगेका र आज सम्पर्कमा आएका विजयका बुवा नरेन्द्र कुँवरले जानकारी दिए । काठमाण्डौंमा अध्ययन गरिरहेका नरेन्द्रका भतिजा भरत कुँवरको सम्पर्कमा विजय रहेका उनले बताए । अहिले विजय भरतसंगै बसीरहेका छन् ।
बिहीबार बेपत्ता भएका विजयको खोजीका लागि नरेन्द्रले प्रहरीमा समेत निवेदन दिएका थिए । पढाईका बिषयमा कुराकानी गर्दा रिसाएका विजय भागेर काठमाण्डौं गएका हुन् । उनले सुर्नया गाउँपालिका वडा नं ४ स्थित राष्ट्रिय मावि फाटीगडाबाट एसईई दिएका थिए ।
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१ १८:१६
प्रतिक्रिया दिनुहोस्