Sagun Khabar
नेविसंघ बैतडीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न 

बैतडी–नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति बैतडीले दशैँतिहारको उपलक्ष्यमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

सदरमुकामस्थित नेपाली कांग्रेसको पार्टी कार्यालय द्वारिकादेवी ठकुरानी स्मृति भवनमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको नेपाल विद्यार्थी संघका सुर्नया संयोजक जयन्तप्रसाद भट्टले बताए । 

Atrya hospital

नेपाल विद्यार्थी संघ बैतडीका अध्यक्ष दिपेन्द्रबहादुर ढुंगालको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द प्रमुख अतिथी रहेका थिए । 
कार्यक्रममा नेपाली कांग्रेस बैतडीका पूर्व सभापति नरेन्द्रसिंह थापा बिशिष्ट अतिथी रहेका थिए । 

शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल विद्यार्थी संघसंग आवद्ध विद्यार्थी लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो । 

शुभकामना आदानप्रदान कार्यक्रममा नेविसंघको संगठन विस्तार लगायतका विविध बिषयमा छलफल समेत भएको नेविसंघका सुर्नया संयोजक भट्टले बताए । 

शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले नेविसंघ नेपाली कांग्रेसको नर्सरी भएकाले नेविसंघले आफ्नो संगठन बलियो बनाउनुपर्नेमा जोड दिए । 

शुभकामना आदानप्रदान कार्यक्रममा नेविसंघ बैतडीका अध्यक्ष दिपेन्द्रबहादुर ढुंगालले आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने बताए । 
 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १८:४२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update