Sagun Khabar
एनपीएलका लागि खेलाडी अक्सन सम्पन्न, १२ खेलाडी अक्सनको अधिकतम मूल्यमा अनुबन्धित

काठमाण्डौ – नेपाल प्रिमियर लिग(एनपीएल) खेल्न नेपाली खेलाडी चयनका लागि अक्सन भएको छ । सहभागी आठ टोलीका लागि १० खेलाडीको दरले अक्सनबाट ८० खेलाडीको टुङ्गो लागेको छ । १२ खेलाडी अक्सनको अधिकतम मूल्य १५ लाख रुपैयाँमा बिक्री भएका छन् ।

सर्वाधिक मूल्य पाउने र सबै टोलीको रोजाइमा अनिल शाह रहे । अनिललाई लक्की ड्रमार्फत जनकपुर बोल्ट्सले पाएको छ । त्यसपछि धेरै टोलीको रोजाइमा परेर अधिकतम मूल्य पाउने खेलाडीमा गुलशन झा र लोकेश बम रहका छन् । गुलशन र लोकेशमाथि समान ७ टोलीले अक्सनमा बोली लगाए ।

Atrya hospital

लक्की ड्र मार्फत गुलशन कर्णाली याक्समा १५ लाख रुपैयाँ अनुबन्ध भए । लोकेश भने लक्की ड्र मार्फत विराटनगर किङ्ग्समा पुगे । ललित राजवंशी १५ लाखमा जनकपुर वोल्ट्समा अनुबन्ध भएका छन् । प्रतिश जिसीलाई विराटनगर किङ्ग्सले अनुबन्ध गराउन सफल भएको छ ।

सर्वाधिक मुल्य पाउने अर्को खेलाडीमा विवेक यादव रहेका छन् । उनलाई लुम्बिनीले अधिकतम मूल्यमा टोलीमा समावेश गराउन सफल भयो । सूर्य तामाङ र सन्दीप जोरालाई पनि लुम्बिनीले भित्र्याएको छ ।

साहब आलमलाई काठमाण्डौ गुर्खाजले अनुबन्ध गरेको छ । सागर ढकाल पोखरा एभेन्जर्समा पुगेका छन् । आरिफ शेख सुदूरपश्चिममा  र भीम सार्की काठमाण्डौ गुर्खाजमा अधिकतम मुल्य १५ लाख रुपैयाँमा अनुबन्ध भएका छन् ।
 

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  ०७:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update