Sagun Khabar
सुर्नयामा कांग्रेसको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न 

बैतडी–दशैँतिहारको उपलक्ष्यमा नेपाली कांग्रेस सुर्नया गाउँपालिका समितिले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

आइतबार सुर्नया गाउँपालिका वडा नं ५ मा गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेस बैतडीका उपसभापति बिरबहादुर बिष्टसहित सुर्नया गाउँपालिका समितिका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । 

Atrya hospital

नेपाली कांग्रेस सुर्नया गाउँपालिका समितिका सभापति प्रताप महराको अध्यक्षतामा सम्पन्न भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेस बैतडीका उपसभापति बिरबहादुर बिष्ट प्रमुख अतिथी रहेका थिए । 

कार्यक्रममा सुर्नया गाउँपालिकाका उपाध्यक्ष मञ्जु बोहरा, जिल्ला कार्यसमिति सदस्य जयबहादुर कुँवर, सुर्नया गाउँपालिका वडा नं ३ का सदस्य केशवबहादुर बिष्ट लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 

शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेसको संगठन बलियो बनाउने बिषयमा समेत छलफल भएको बताइएको छ । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बैतडीका उपसभापति बिरबहादुर बिष्टले पार्टीको संगठन बलियो बनाउने बिषयमा सबैले लाग्नुपर्ने बताए । यस्तै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनमुखी भएर काम गर्न उनले आग्रह गरेका छन् । 
 

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  ०८:४३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update