Sagun Khabar
अवरुद्ध ग्रामीण सडक सुचारु गर्दै बैतडीको सुर्नया गाउँपालिका 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकाले ग्रामीण सडकहरु सफाइ गरेर सुचारु गर्न थालेको छ । बर्षातका कारण अवरुद्ध भएका सडकहरु खुलाउने काम भइरहेको गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । 

बर्षाका कारण पहिरो खसेर अवरुद्ध भएका विभिन्न ठाउँका सडकहरु खुलाउने काम भइरहेको उनले बताए । गाउँपालिकाले आफ्नै जेसीबी प्रयोग गरेर सडक खुलाउने काम गरिरहेको हो । दशैँ अगाडि नै सबै ग्रामीण सडकहरु सुचारु गरिने अध्यक्ष कुँवरले जानकारी दिए । उनले भने ‘पालिकाभित्रका सबै ग्रामीण सडक खोल्ने गरेर काम भइरहेको छ । केही वडाका सडकहरु खुलीसकेका छन् । केही वडामा सडक खुलाउने काम भइरहेको छ ।’

Atrya hospital

गाउँपालिकाको वडा नं १ हटैराजमा ग्रामीण सडक सफाइ गरिएको छ भने वडा नं ७ र ८ मा सडक सफाइ गरिसकिएको अध्यक्ष कुँवरले बताए । यस्तै वडा नं ५ को धुलिधार सडक सफाइ गरेर खोलिएको छ भने वडा नं ३ र ४ जोड्ने धरमघर–सनशेरीमाण्डौं सडक सुचारु गरिएको अध्यक्ष कुँवरले बताए । 

यस्तै वडा नं २ अन्तर्गतका विभिन्न सडकहरु खुलाउने काम भइरहेको अध्यक्ष कुँवरले बताए । चाडपर्वको समयमा गाउँपालिकाबासीलाई सहज होस भनेर सडक खुलाउने काम भइरहेको उनले बताए । 

बर्षात रोकिएपछि पालिकाभित्रका सडकहरु खुलाउने काम भइरहेको यसले नागरिकलाई सहज हुने सुर्नया गाउँपालिका वडा नं २ का वडा अध्यक्ष गणेश बिष्टले बताए । नागरिकको यातायातमा सहज पहुँच पुर्याउन अवरुद्ध सडक खुलाउने काम भइरहेको उनले बताए । 

पालिकाभित्र रहेका र बर्षातका कारण अवरुद्ध भएका सबै सडक खुलाउने काम भइरहेको गाउँपालिका उपाध्यक्ष मञ्जु बोहराले बताइन् ।  
 

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update