Sagun Khabar
कैलालीबाट अछाम आउँदै गरेको फोर्स गाडी दुर्घटना, १३ जना घाइते 

अछाम –कैलालीबाट अछाम आउँदै गरेको फोर्स गाडी दुर्घटना भएको छ । कैलालीबाट अछामतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ख३०४६ नम्बरको फोर्स गाडी अचानक भित्तामा ठोकिँदा १३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए । उक्त गाडीमा २६ जना सवार रहेको बताइएको छ । 

मंगलबार साँझ कर्णाली राजमार्गमा भएको दुर्घटनामा परी घाईते भएका मध्ये ८ जनाको सुर्खेतमा उपचार भइरहेको छ भने ५ जना घाइतेको स्थानीय मेडिकलमा उपचार गरिएको छ । 

Atrya hospital

घाईते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । दैलेख आठबिस नगरपालिका–४ का २५ वर्षीय रिदम शाही, अछामको ढकारी गाउँपालिका–१२ बस्ने ५० वर्षीया पार्वती शाही र सोही नगरपालिका–८ की ४ वर्षीया नेहा खड्काको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । 

घटनाका बिषयमा प्रहरीले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  ०७:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update