Sagun Khabar
दार्चुलामा लागुऔषधसहित होटल सञ्चालक पक्राउ
Atrya hospital

दार्चुला– दार्चुलामा लागुऔषधसहित एक होटल सञ्चालक पक्राउ परेका छन्।जिल्लाको महाकाली नगरपालिका–४ राधाकृष्ण चोकबाट लागूऔषधसहित दुँहु गाउँपालिका–२ हिकिलाका ४४ वर्षीय कलमसिंह डडाल आइतबार पक्राउ परेका हुुन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार कलमसिंह डडालले संचालन गरेको पारस वियर वार एण्ड फाष्ट फुड होटलबाट ५३।४० ग्राम र डडालको विधानगर टोल स्थित घरबाट थप १०।४६ मिलिग्राम गरि कुल ६३।८६ ग्राम लागुऔषधसहित डडाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update