बैतडी–
जातीय विभेद अन्त्यको लागि धार्मीक अनुष्ठानको आयोजना गरिने भएको छ । यही कार्तिक २ र ३ गते गन्डकी प्रदेशको पोखरामा रहेको विश्वकर्मा समाजको आयोजनामा समावेसीमुल धार्मीक अनुष्ठानको आयोजना गरिने भएको छ ।
संकल्पकर्ता जातीय विभेद अभियान्ता राजेन्द्र भुषाल, संकल्पकर्ता श्रीहरी विश्वकर्मा लगायतको समुहले यो कार्यक्रमको आयोजना गर्न लागेको हो । सुदूरपश्चिमबाट आचार्य कृष्ण दमाई, विषेश सल्लाहकार संस्कारशिरोमणी ज्योतिषाचार्य गणेश प्रशाद पन्त पञ्जाङ्गकारले पनि सहभागिता जनाउदैछन् ।
यस कार्यक्रममा सामुहीक दीपप्रज्वलन, सामुहीक गायत्रीमन्त्र, सामुहीक सालीग्राम पुजन लगायत हिन्दु धर्मसँग सम्बन्धीत सम्पूर्ण कार्यक्रम समाबेस हुने बताइएको छ ।
ब्राम्हण, क्षेत्री, बैस्य, सुद्रका व्याक्तिहरुको सामुहीक सहभागिता गराइने बताइएको छ । देशभरीका गुरुकुलहरुमा सिल्पी समुदायका बालकहरुलाई संस्कृत तथा कर्मकाण्ड अध्यायन गराइने र जातीय विभेदको अन्त्यको लागि आश्यक कार्यक्रम गराइने ज्यातिषाचार्य पन्तले जानकारी दिए ।