Sagun Khabar
बैतडीमा किशोरी बेपत्ता प्रकरणः महाकाली प्रहरी चौकीमा नयाँ टोली, पुराना सबै जिल्ला तानिए
Atrya hospital

बैतडी– बैतडीको पञ्चेश्वर गाउँपालिकामा २ स्थित महाकाली प्रहरी चौकीमा नयाँ टोली पठाईएको छ । त्यहाँ रहेका इन्चार्जसहित सबै प्रहरीहरुलाई जिल्ला तानिएको छ, भने प्रहरी सहायक निरीक्षक सुरत बहादुर साउँदको नेतृत्वमा नयाँ टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

किशोरी बेपत्ता प्रकरणमा यसअघि त्यहाँ रहेका प्रहरीको संलग्नता रहेको स्थानीयहरुले आरोप लगाएपछि त्यहाको टोली नै परिवर्तन गरिएको बुझिएको छ । 

प्रहरी सहायक निरीक्षक साउँदको नेतृत्वमा नयाँ टोली परिचालन गरिएको र किशोरी बेपत्ताको घटनाको अनुसन्धानको लागि पनि थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरिक्षक मकेन्द्र मिश्रले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update