Sagun Khabar
डडेल्धुरामा बस दुर्घटना, १२ जना घाइते चार जनाको मृत्यु

 डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । अमरगढी नगरपालिका(७ को खसरेखानमा गएराति पवनदुत यातायातको ना८ख१०७८ नम्बर बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका  प्रहरी निरीक्षक जनक राज ढुंगानाले दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका(३ का ४५ वर्षीया जैमती बोहोरा, २१ वर्षीया कमला बोहोरा, उनका दुई दिने नाबालक शिशु र २२ वर्षीय सहदेव बोहोराको मृत्यु भएको जानकारी दिए ।

Atrya hospital

उनकाअनुसार गम्भीर अवस्था डडेल्धुरा अस्पताल पुगाइएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।बस महेन्द्रनगरबाट बैतडीको पुर्चौडीतर्फ गइरहेको थियो ।दुर्घटनामा घाइते भएका ११ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने १ जना बस चालकलाई धनगडी रेफर गरिएको प्रहरि निरिक्षक जनकराज ढुंगानाले जानकरि दिएका छन  ।

बसमा १७ जना सवार रहेकोमा एक जना सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  ०७:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update