Sagun Khabar
आरोपित प्रहरी हवल्दारको मोबाइलमा बेपत्ता किशोरीका तस्बिर, अदालतमा मुद्दा हिरासतमा हवल्दार !

बैतडी - बैतडीको पञ्चेश्वर गाउँपालिका–२ की अन्दाजी १७ वर्षीया बेपत्ता किशोरीका तस्बिर आरोपित हवल्दारको मोबाइल फोनमा भेटिए पछि किशोरी बेपत्ता पारेको ४ दिनपछि हिजो बेपत्ता किशोरीका आफन्तबाट  किशोरी बेपत्ता पारेको आरोप लगाएका बरिष्ट प्रहरी हवल्दार कृष्णराराज जोशीको नाममा किटानी जाहेरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीलाई हिजो  दिउँसो २ बजे बेपत्ता किशोरीका आफन्तले हवल्दार जोशीको नाममा किटानी जाहेरी दिएका हुन । किशोरीलाई हवल्दार जोशीले नै बेपत्ता बनाएको भन्दै बेपत्ता किशोरीका बुबाले हिजो दिउँसो किटानी जाहेरी दिएका हुन । बेपत्ता किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा बेपत्ता किशोरीका आफन्तले आरोप लगाएका बैतडीको पञ्चेश्वर गाउँपालिका –२ स्थित महाकाली प्रहरी चौकीमा कार्यरत बरिष्ट हवल्दार कृष्णराराज जोशी रहेका र सोही किटानी जाहेरीको आधारमा कानुनी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

अदालतमा मुद्दा पछि हिरासतमा हवल्दार !

Atrya hospital

बेपत्ता किशोरीका आफन्तले किशोरी बेपत्ता आरोप लगाएका हवल्दार जोशीको नाममा हिजो दिउँसो किटानी जाहेरी दिए पछि हिजो नै हवल्दार जोशीको नाममा अदालतमा मुद्दा दर्ता भएको छ । हवल्दार जोशीको नाममा अदालतमा मुद्दा दर्ता भएपछि हिजो दिउँसो नै अदालतबाट पक्राउ अनुमति ल्याएर आरोपित  हवल्दार जोशीलाई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए ।

किशोरीका तस्बिर !

किशोरीका आफन्तका अनुसार किशोरी बेपत्ता आरोप लागेका महाकाली प्रहरी चौकीमा कार्यरत बरिष्ट हवल्दार कृष्णराराज जोशीले किशोरीलाई बेला बेला भेट्न बोलाएका तथ्य प्रमाण र तस्बिर संगै निकटतम सम्बन्धमा रहेर बनाएका भिडियो फोटेज समेत आफू संग रहेको दाबी गरेका छन । किटानी जाहेरी संगै प्रमाणका रूपमा पेस गरेका तस्बिर आरोपित हवल्दारको मोबाइल फोनबाट फेला पारेको बेपत्ता किशोरीका आफन्त प्रेम सिँह मङ्गोलाले बताए ।

घटना रहस्यमय , बेपत्ता किशोरीको खोजीका लागि प्रहरी टोली परिचालित !

किशोरी बेपत्ता भएको पाचौं दिन पुगेको छ तर किशोरी कहाँ कुन अवस्थामा छिन भन्ने कुरा भने पत्ता लाग्न सकेको छैन । किशोरीको अवस्था पत्ता लाग्न नसक्दा बेपत्ता किशोरीका आफन्त आक्रोशित हुनु का साथै घटना समेत पेचिलो हुँदै गएको छ । जिल्ला प्रहरी कार्यालय बैतडी बाट बेपत्ता किशोरीको खोजीका लागि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालित गरिएर पञ्चेश्वर आसपासमा बेपत्ता किशोरीको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । बरिष्ट प्रहरी हवल्दार नै संलग्न रहेको सिमानाका नजिकको किशोरी बेपत्ता घटना रहस्यमय देखिएको छ ।

बेपत्ता किशोरीका आफन्तले किशोरी बेपत्ता पारेको आरोप लगाएका बरिष्ट प्रहरी हवल्दार कृष्णराराज जोशीको मोबाइलमा बेपत्ता किशोरीका तस्बिर समेत रहेको पाइएको छ । उक्त तस्बिर सहित बरिष्ट प्रहरी हवल्दार जोशीका गतिविधि नियालेका स्थानीयहरुले आरोपि हवल्दार जोशीको नाममा किटानी संगै आफू संग भए, रहेका प्रमाण समेत पेस गरिएको बेपत्ता किशोरीका आफन्त मङ्गोलाले बताए ।

बेपत्ता किशोरीका आफन्तले दावी गरेका डिम्बर गाउँमै रहेको प्रहरी चौकी महाकालीका निमित्त इन्चार्ज समेत रहेका प्रहरी हवल्दार जोशीले कार्यरत प्रहरी चौकी नजिकै किशोरीले पानी भर्न लगेको ग्यालन र ग्यालनमा प्रयोग गरिएको डोरी भेटिएको छ । बेपत्ता किशोरी भने अहिलेसम्म भेटाउन सकिएको छैन ।

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update