Sagun Khabar
डडेल्धुरामा बस दुर्घटना,घाईते हुने र मृत्यु हुनेको परिचय खुल्यो  
Atrya hospital

बैतडी– कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौँडी आउदै गरेको बस डडेलधुराको अमरगढी नगरपालिका(७ खसरेखानमा) गएराति दुर्घटनामा परेको छ । दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पवनदुत यातायात प्रा.लि.को ना ८ ख १०७८ नम्बरको बस सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परि १२ जना घाइते भएको बुझिएको छ । घाइतेहरूको डडेलधुरा अस्पतालमा उपचार भइरहेको डडेलधुरा प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका(३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी अन्दाजी २६ वर्षीया कमला बोहरा, उनको दुईदिने शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहरा रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा पुर्चौंडी नगरपालिका ७ का २४ वर्षीय नवराज साउँद, वडा नं. ६ का २४ वर्षीय राजेन्द्र साउँद, कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ का २५ वर्षीय दिनेश साउँद, डडेल्धुराको आलिताल गाउँपालिका १ का २१ वर्षीय मुकुन्द बोहरा, दार्चुलाको मार्मा गाउँपालिका ५ बस्ने ३४ वर्षीया विमला महता, कृष्णपुर नगरपालिका ५ की ६५ वर्षीया धनमती साउँद, पुर्चौंडी ८ का ४२ वर्षीय पदम बहादुर बोहरा, सोही ठाउँका बस चालक २४ वर्षीय वीरेन्द्र बोहरा, वडा नं.७ का २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी, वडा नं. १० का दामोदर महरा र धनबहादुर महरा पनि घाइते भएको डडेल्धुराका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update