Sagun Khabar
बैतडीको दशरथचन्द नगरपालीका वडा न. ६ मा आज देखि रामलीला सुरु  
Atrya hospital

दशरथचन्द नगरपालीका वडा न. ६ थालिगडा कालीका मावीको प्राङगणमा  आजदेखि १४ दिनसम्म रामलीला आयोजना गरिने भएको छ । कालिका सांष्कृतिक समाजको पहलमा आयोजना गरिएको स्थानीय कर्ण बहादुर चन्दले जानकारी दिएका छन । हरेक वर्ष हुने यस रामलीला कार्यक्रममा यस वर्ष नमुना विद्यालयको स्थापना गर्न पूर्वाधार निर्माणमा सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको बताइएको छ ।

रामलीला कार्यक्रमको आयोजनाले कालीका मावीको समृद्धि र सामाजिक सद्भावलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ । रामलीला कार्यक्रममा रामायणका महत्वपूर्ण क्षणहरूलाई जीवित बनाउने प्रयास गरिने बताइएको छ । यस वर्षको रामलीला विशेष रुपमा विद्यालय स्थापनाको लागी पुर्वाधार निमार्ण गर्नमा आर्थिक सहयोग जुटाउने लक्ष्यमा केन्द्रित गरिएको छ ।  

कार्यक्रमका लागि विभिन्न सांस्कृतिक गतिविधिहरू, र धार्मिक अनुष्ठानहरू समावेश गरिनेछन् । स्थानीय कलाकारहरू र समाजसेवीहरूको पनि यस कार्यक्रममा सक्रिय रूपमा संलग्नता रहने छ । जसले स्थानीय मानिसहरूको आस्था र परंपरासँग सम्बन्धित अनुभवलाई झल्काउनेछ विश्वास गरिएको स्थानीहरुले बताएका छन् ।  सांस्कृतिक पर्वको महत्त्व र यसबाट हुने लाभलाई मनन गर्दै, स्थानिय बासिन्दाले यस कार्यक्रममा उपस्थित हुन र सहयोग गर्न अपिल गरिएको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  ११:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update