Sagun Khabar
शोकमा डुब्यो बैतडीको पुर्चौडी–३ तोली गाउँ, बस दुर्घटनामा परि एकैगाउँका चार जनाको मृत्यु

बैतडी- बैतडीको पुर्चौडी नगरपालिका–३ तोली गाउँ शोकमा डुबेको छ । नवजात शिशु सहित ३ जना एकै परिवारका सदस्य सवार बस मंगलबार राति दुर्घटनामा परेको थियो । दुर्घटनामा परि एकै परिवारका तिन जनाको ज्यान गएपछि अहिले गाउँ शोकमा डुबेको हो ।

पुर्चौडी नगरपालिका–३ तोली गाउँकी २० वर्षीया कमला बोहरा गर्भवती थिइन । २४ असोजमा उनी ‘डेलिभरी’का लागि कैलालीको धनगढी गएकी थिईन । साथमा उनका श्रीमान् २२ वर्षीया सहदेव बोहरा पनि थिए । गर्भवती छोरीको स्याहार गर्न आमा ४५ वर्षीया जैमती पनि धनगढी गएकि थिइन् । सोमबार कमलाले छोरालाई जन्म दिइन् । पहिलो सन्तान जन्मदिएपछि बोहरा परिवारमा खुसीयाली छाएको थियो । तर उनीहरूको खुसी एक दिन पनि टिक्न पाएन । छोरा जन्मिएपछि घर फर्किरहेका उनीहरू सवार बस मंगलबार राति दुर्घटनामा प¥यो । छोरा जन्मिएको उमंगका साथ घर फर्किरहेका सहदेब बोहरा,श्रीमती कमला बोहरा सहित नवजात शिशु र सहदेवकी सासुआमा गरि ४ जना बाटोमै अस्ताएका हुन ।

Atrya hospital

दुर्घटनाले पुर्चौडी शोकमा डुबेको पुर्चौडी नगरपालिका–३ का वडा अध्यक्ष खगेन्द्र बहादुर बोहराले बताए । उनका अनुसार मृतक चार जना एकैगाउँका हुन । उनका अनुसार सहदेव भारतको बैंङ्लोरमा काम गर्थे । उनी केही महिना अघि मात्रै घर फर्किएका हुन । सहदेवले दुई वर्ष अघि गाउँकै कमलासँग बिहे गरेका थिए । सहदेवका दुई दाई छन् । उनीहरू भारतको बैंङ्लोरमा काम गर्छन् । घटनापछि उनीहरू घर फर्कंदैछन । सहदेवका आमाबुवा छैनन् ।

बसमा सवार पुर्चौडी नगरपालिका–१० की गोवणी महराको पनि मृत्यु भएको छ ।  कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौडी जाँदै गरेको बस सडकबाट करिब तीन सय मिटर तल खसेको थियो। बसमा १७ जना सवार थिए । तीमध्ये १२ जना घाइते छन् । गम्भीर घाइते पुर्चौडी नगरपालिका–३ का २४ को बिरेन्द्र बोहरा र डडेल्धुराको आलिताल गाउँपालिका–१ का २१ वर्षीय मुकुन्द बोहराको धनगढीमा उपचार भइरहेको छ । डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखाँनमा ना ८ ख १०७८ नम्बरको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १५:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update