Sagun Khabar
डडेल्धुरा बस दुर्घटना : घाइतेहरुको मायामेट्रो अस्पतालमा उपचार हुँदै 

बैतडी –डडेल्धुरामा भएको रात्रि बस दुर्घटनाका घाइतेहरुको कैलालीको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । मंगलबार राति कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी आउँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटनामा परेको थियो । 

बस दुर्घटना हुँदा बसमा सवार तीन महिला, एक पुरुष र एक शिशु गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए । घाइतेहरुको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । 

Atrya hospital

घाइते हुनेमा पुर्चौंडी नगरपालिका–७ का नवराज साउद, वडा–६ का राजेन्द्र साउद, कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का दिनेश साउद, डडेलधुराको आलिताल गाउँपालिका–१ का मुकुन्द बोहरा, दार्चुलाको मार्मा गाउँपालिका–५ की विमला महता, कृष्णपुर नगरपालिका–५ की धनमती साउँद छन् । 

यस्तै, पुर्चौंडी–८ का पदमबहादुर बोहरा, सोही ठाउँका बस चालक बिरेन्द्र बोहरा, वडा नम्बर ७ का नवराज रतौकी, सुरेन्द्र रतौकी, वडा वडा नम्बर १० का दामोदर महरा र धनबहादुर महरा पनि घाइते भएको प्रहरीले जनाएको छ । 

यसैबीच डडेल्धुरा बस दुर्घटनामा घाइते भएकाहरुको उपचारमा कुनै कसर बाँकी नराख्न उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले निर्देशन दिएका छन् । बुधबार घाइते र उपचारमा संलग्न चिकित्सहरुसंग मन्त्री भण्डारीले भेटघाट गरेका हुन् ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update