Sagun Khabar
श्रीकोट बहुमुखी क्याम्पसको स्ववियुले निशुल्क तयारी कक्षा सञ्चालन गर्ने 

बैतडी–बैतडीको श्रीकोट बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले अध्यापन अनुमति पत्रका लागि निशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । 

निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको परीक्षाका लागि तयारी कक्षा सञ्चालन गर्न लागिएको स्ववियु सभापति शम्भुराज गिरीले बताए । निशुल्क रुपमा सञ्चालन हुने अध्यापन अनुमति पत्रको तयारी कक्षामा सहभागी हुन चाहने विद्यार्थीहरुले कार्तिक ४ गतेभित्र नाम दर्ता गराइसक्नुपर्ने उनले बताए । 

Atrya hospital

यही कार्तिक ५ गतेदेखि एक महिनासम्म कक्षा सञ्चालन हुने स्ववियुले जनाएको छ । 

विद्यार्थीहरुको सहजताका लागि स्ववियुले निशुल्क तयारी कक्षा सञ्चालन गर्ने जमर्को गरेको स्ववियु सभापति गिरीले बताए । यसअघि श्रीकोट बहुमुखी क्याम्पसको स्ववियुले कक्षा १२ को पूरक परीक्षामा सहभागी भएका विद्यार्थीहरुका लागि निशुल्क तयारी कक्षा सञ्चालन गरेको थियो । 

class-1729225160.jpg
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १०:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update