Sagun Khabar
बैतडीमा अटो दुर्घटना, एक जना गर्भवती महिला सहित चार जना घाइते

बैतडी - बैतडीमा अटो दुर्घटना भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका ३ खोचलेक नजिकै सु.प.प्र ०१००१ ह ६०७० नम्बरको अटो शुक्रबार दिउँसो साढे १२ बजेतिर दुर्घटनामा परेको हो । अटो अनियन्त्रित भएर सडकबाट १०० मिटर तल खसेको छ ।

 

Atrya hospital

सिल्लेगडाबाट खोचलेक तर्फ गइरहेको अटो दुर्घटना हुँदा एक जना गर्भवती महिला सहित चार जना घाइते भएका छन । अटो दुर्घटना हुदा दोगडाकेदर गाउँपालिका २ की २५ बर्षिया पार्वती जोशी , सोही ठाउँकी ४५ बर्षिया बसन्ती जोशी , सोही ठाउँका २५ बर्षीय राजेन्द्र भाट र पुर्चौडी नगरपालिका ९ का २० बर्षीया हिरा सार्की घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए ।

घाइतेहरु मध्ये पार्वती जोशी गर्भवती रहेकी खुल्न आएको छ । घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भैरहेको छ । अटो चालक दार्चुलाको शैल्यशिखर नगरपालिका ९ का २२ बर्षीय उमेश साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक ढुंगानाले बताए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १४:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update