Sagun Khabar
पाटन प्रिमियर लिग : पाटन भ्याली सुपर सिक्समा प्रवेश 

बैतडी–बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिग अन्तर्गत पाटन भ्याली क्रिकेट क्लब सुपर सिक्समा प्रवेश गरेको छ ।

आज सम्पन्न खेलमा भ्यालीले खोड्पे स्पोट्स क्लब (बी)लाई २०६ रनले हराउँदै दोस्रो जितका साथ सुपर सिक्समा प्रवेश गरेको हो । यो संगै भ्याली सुपर सिक्समा पुग्ने पहिलो टोली समेत बनेको छ । भ्यालीले यसअघि हिजो सहस्त्रलिङ्ग क्रिकेट क्लबलाई हराएको थियो । 

समुह ए को शिर्ष स्थानमा रहँदै भ्याली सुपर सिक्समा पुगेको हो । सहस्त्रलिङ्ग र खोडपे बी भने प्रतियोगिताबाट बाहिरिएका छन् । 

Atrya hospital

भ्यालीले दिएको २७९ रनको लक्ष्य पछ्याएको खोड्पे १३.३ ओभरमा ७२ रनमा अलआउट भयो । उसका केशव महराले ४२ रन बनाउन बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

यसअघि श्रीकृष्ण माविको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको पाटन भ्यालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २७८ रन बनाएको थियो । भ्यालीका सन्दीप बिष्टले ८७ रन बनाएका थिए । विकास बिष्टले ४८ रन बनाए । 

खोड्पेका केशव महराले ४ बिकेट लिए ।

भ्यालीका सन्दीप विष्ट खेलका म्यान अफ द म्याच चुनिएका स्कोरर दीपेन्द्रबहादुर बोहराले बताए ।

आजै भएको अर्काे खेलमा कुलगडे क्रिकेट क्लबले रिभर साइड युवा क्लबलाई ६ विकेटले पराजित गर्दै विजयी शुरूवात गरेको छ ।

पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि शुरू भएको प्रतियोगितामा १७ टोलीको सहभागीता रहेको छ । सहभागी टोलीलाई छ समूहमा विभाजन गरेर खेल भइरहेका छन् । 

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताए । 

द्वितीय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने पाटन क्रिकेट क्लबले जनाएको छ । 

यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update