Sagun Khabar
दशैँपछि तराई फर्कनेको संख्या बढ्यो 

बैतडी –दशैँ सकिएसंगै सुदूरपश्चिमका पहाडी जिल्लाहरुबाट तराईका जिल्लामा जाने यात्रुहरुको संख्या बढेको छ । दशैँको लागि पुख्र्यौली थलोमा आएकाहरु कर्मथलोतर्फ फर्कने क्रम बढेको स्थानीयहरुले बताएका छन् । 

सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, दार्चुला, बझाङ,डडेल्धुरा, डोटी,अछाम र बाजुराबाट तराईका जिल्ला कैलाली र कञ्चनपुर फर्कनेको संख्या बढेको यातायात व्यवसायीले बताएका छन् । 

Atrya hospital

बैतडीबाट धनगढी र महेन्द्रनगर जाने यात्रुको संख्या बढेको महाकाली बहुउद्देश्यीय यातायात प्रालिका सतबाँझ सम्पर्क व्यक्ति कर्णबहादुर पाण्डेयले बताए । दशैँ सकिएसंगै पहाडबाट तराई जानेको संख्या बढेको उनले बताए । 

दशैंको समयमा पूजापाठका लागि आएकाहरु फर्कने क्रम बढेको अनिरुद्र मन्दिरका पूजारी विनोदप्रसाद अवस्थीले बताए । दशैँको समयमा विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा पूजाआजाका लागि आएकाहरु दशैँ सकिएसंगै कर्मथलोतर्फ फर्किएका उनले बताए । उनले भने ‘यताबाट बसाइसराई गरेर गएकाहरु पनि दशैंको समयमा पुख्र्यौली थलोमा आउने गरेका छन् । अब दशैं सकिएपछि कर्मथलोतर्फ फर्कनेहरुको संख्या बढेको छ ।’

पहाडबाट तराई जाने गाडीहरुमा यात्रुको चाप बढेको यातायात व्यवसायीहरुले बताएका छन् । पहाडबाट तराई जाने गाडीहरुमा अचेल भीडभाड बढेको बताइएको छ । 

दशैँ सकिएपछि कर्मथलोमा फर्कने भएकाले तराई जानेको संख्या बढेको सुर्नया ६ का राजेन्द्र अवस्थीले बताए । अन्य समयको तुलनामा यो समयमा तराई जाने यात्रुहरुको संख्या स्वभाविक रुपले बढीरहेको उनले बताए । उनले भने ‘यो समयमा तराई जानेको संख्या बढ्नु स्वभाविक हो । दशैंका लागि पहाड आएकाहरु तराई फर्किरहेका छन् ।’

दशैँ सकिएपछि पहाडबाट तराई जाने यात्रुहरुको संख्या बढेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  ०९:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update