Sagun Khabar
प्रसिद्ध शिवनाथ देवताका ‘धामी’धनाडीको निधन 

बैतडी–सुदूरपश्चिमको प्रमुख धार्मिक स्थलको रुपमा रहेको बैतडीको शिवनाथ धामका धामीको निधन भएको छ । शिवनाथ गाउँपालिका–६ बसेडीभ्वाँ निवासी ७५ बर्षीय धामी कृष्णसिंह धनाडीको शनिबार बिहान ९ बजेतिर मृत्यु भएको हो । 

मुटु र श्वासप्रश्वास सम्बन्धी समस्या रहेका धनाडीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा निधन भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । 

Atrya hospital

धनाडीको आइतबार हिन्दू संस्कार अनुसार शिवानाथ गाउँपालिका १ महाकाली किनारस्थित खाण आर्यघाटमा अन्त्येष्टी गरिने अध्यक्ष साउँदले बताए । 

शिवनाथ धामका धामीको निधनले स्थानीयबासीहरु शोकमग्न भएका छन् । 

यसैबीच शिवनाथ धामका धामीको निधन भएपनि शिवनाथ धाममा लाग्ने जात्रा भने नरोकिने भएको छ । हरेक बर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन प्रसिद्ध शिवनाथ धाममा जात्रा लाग्ने गर्दछ । 

शिवनाथ देवताका धामी अथवा पूजारी कसैको घरमा जुठो परे अर्को पूजारीद्वारा पूजापाठ गर्ने प्रचलन रही आएको अध्यक्ष साउँदले बताए । 

शिवनाथ देवताको पूजाआजाका लागि भट्ट, कलौनी र ओझा तीनथरी पूजारी रहेकाले जात्रा कहिले पनि नरोकिने अध्यक्ष साउँदले बताए । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १७:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update