Sagun Khabar
पाटन प्रिमियर लिग : कुलगडे सुपर सिक्समा प्रवेश ,पाटनको विजयी शुरूवात

बैतडी –बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगमा कुलगडे क्रिकेट क्लब सुपर सिक्समा प्रवेश गरेको छ ।

कुलगडे समूह डी बाट सुपर सिक्समा प्रवेश गरेको हो । यसअघि समूह ए बाट पाटन भ्याली क्रिकेट क्लब पनि सुपर सिक्समा पुगिसकेको छ । 

आज भएको खेलमा दिपचन क्रिकेट क्लबलाई ७५ रनले पराजित गर्दै दोस्रो जितका साथ कुलगडे सुपर सिक्समा प्रवेश गरेको हो ।

Atrya hospital

कुलगडेले दिएको २०१ को रनको लक्ष्य पछ्याएको दिपचन १९.१ ओभरमा १२५ रनमा समेटियो । आकाश भट्टराईले २१ तथा अमन रावलले २० रन जोड्न बाहेक अन्यले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । कुलगडेका केशव बोहरा र पंकज लुहारले समान तीन तीन विकेट लिए । 

यसअघि श्रीकृष्ण माविको खेलमैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको कुलगडेले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०० सय रन बनाएको थियो । कुलगडेका पंकज लुहारले ५२, नविन ठगुन्नाले ४० रन बनाएका बनाए ।

दिपचनका प्रकाश चन्द र शंकर टेलरले समान दुई दुई विकेट लिए । कुलगडेका पंकज म्यान अफ द म्याच भएका स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिए । 

यस्तै आजै भएको दोस्रो खेलमा आयोजक पाटन क्रिकेट क्लबले नवजागृति क्रिकेट क्लबलाई पराजित गरेको छ । पहिला ब्याटिङ गरेको पाटनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २२० रन बनायो । 
जसमा सुमित बुडालले ६६ र दीपक बोहराले ४७ रनको योगदान गरे । नवजागृतीका सचिन विक र मोहन ठगुन्नाले २÷२ विकेट लिए ।

जवाफी ब्याटिङमा नवजागृति ३६ रनमा अलआउट भयो । पाटनका सुभाष विष्टले ५ विकेट हात पारे । सुभाष प्लेयर अफ द म्याच पनि चुनिए ।

पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि शुरू भएको प्रतियोगितामा १७ टोलीको सहभागीता रहेको छ । सहभागी टोलीलाई छ समूहमा विभाजन गरेर खेल भइरहेका छन् । 

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताए । 

द्वितीय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने पाटन क्रिकेट क्लबले जनाएको छ । 

यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update