Sagun Khabar
बैतडीकी अस्मिता चरेशसहित धनगढीबाट पक्राउ 

बैतडी–बैतडीकी एक युवती चरेशसहित धनगढीबाट पक्राउ परेकी छन् । 

बैतडीको पाटन नगरपालिका –१ घर भएकी २५ बर्षीया अस्मिता बोहरालाई चरेशसहित धनगढीको एक होटेलबाट शनिबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

Atrya hospital

कैलालीको धनगढी उपमहानगरपालिका–२ रोड हाउस क्याफे नजिक बालाराम बाजुरा होटलबाट बोहरा पक्राउ परेकी हुन् । 

बोहरालाई २२ ग्राम ८४० मिलिग्राम लागूऔषध (चरेश)सहित प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ परेकी अस्मितामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update