Sagun Khabar
बैतडीमा नमूना विद्यालय बनाउन रामलीला महोत्सव 

बैतडी–बैतडीमा नमूना विद्यालय बनाउनका लागि रामलीला महोत्सव सञ्चालन भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–६ स्थित कालिका मावि थालिगडालाई नमूना बनाउनका लागि रामीलीला महोत्सवको आयोजना गरिएको हो । 

हरेक बर्ष कालिका सांस्कृतिक समाज थालिगडाले रामलीला महोत्सवको आयोजना गर्दै आएको र यो बर्ष कालिका माविको भौतिक संरचना निर्माणमा सहयोग पुर्याउन महोत्सवको आयोजना गरिएको कालिका सांस्कृतिक समाज थालिगडाका अध्यक्ष कर्णबहादुर चन्दले बताए । 

Atrya hospital

रामलीला महोत्सवमा संकलनको भएको दान रकम कालिका माविको भवन निर्माण लगायतका भौतिक संरचना निर्माणमा खर्च गरिने अध्यक्ष चन्दले बताए । 

मार्यादापुरुषोत्तम भगवान रामचन्द्रको जीवनगाथामा आधारित रामलीला महोत्सव यही असोज ३० गतेदेखि सञ्चालनमा रहेको अध्यक्ष चन्दले बताए । 

धर्म संस्कृतिको जगेर्ना, सामूहिक विकासको भावना र असल चरित्रका नागरिक निर्माणको उद्देश्यसहित महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । थालिगडामा बर्षौं पहिलादेखि रामलीला महोत्सवको आयोजना गर्ने गरिएको र सोही महोत्सवबाट संकलित रकमले कालिका मावि थालिगडालाई माध्यमिक तह सम्म स्थापना गर्न सहज भएको अध्यक्ष चन्दले बताए । 

रामलीला महोत्सवमा भगवान रामचन्द्रको जीवनमा आधारित नाटकहरु प्रदर्शन भइरहेकाले सबैलाई सहभागिताका लागि आग्रह समेत गरिएको छ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update