Sagun Khabar
यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमका खेलाडी बन्द प्रशिक्षणमा
Atrya hospital

बैतडी–नरेश श्रेष्ठ स्मृति यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमका २४ खेलाडी छनोट भएका छन् । 

डडेल्धुराको परशुराममा सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी प्रशिक्षणका निम्ति चयन भएका सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका प्रमुख दीपेन्द्र भण्डारीले बताए । प्रतियोगिता कात्तिक १० गतेदेखि विराटनगरमा हुँदैछ ।

कात्तिक १२ गते सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच पहिलो खेल हुनेछ । प्रतियोगितामा सातवटै प्रदेशका टोली सहभागी हुने नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले बताए । प्रतियोगिताको अन्तिम खेल कात्तिक २१ गते हुनेछ ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update