Sagun Khabar
लामिछाने पक्राउको विरोधमा बैतडीमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइयो 

बैतडी–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछाने पक्राउको विरोधमा बैतडीमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको छ । 

रास्वपाका नेता कार्यकर्ताहरु आज जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रालयलाई ज्ञापन पत्र बुझाएको रास्वपा बैतडीले जनाएको छ । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएकाले प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मामार्फत सरकारको ध्यानाकर्षण गराएको रास्वपाका विवेक मन्थन विभागका केन्द्रीय सदस्य भोजराज जोशीले बताए ।

Atrya hospital

बैतडीको शाहीलेकबाट र्यालीसहित लामिछाने पक्राउको विरोध गर्दै ज्ञापन पत्र बुझाएको जोशीले बताए । 

लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको आरोप लगाउँदै सहकारी ठगीमा प्रत्यक्ष संलग्न रहेकाहरुलाई पक्राउ गर्नुपर्ने कुरा ज्ञापन पत्रमा उल्लेख गरिएको छ । सहकारी ठगीमा प्रत्यक्ष संलग्न नरहेका लामिछानेलाई पक्राउ गरेको रास्वपाले आरोप लगाउँदै आएको छ ।   
Ryli-1729424790.jpg
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update