Sagun Khabar
पाटन प्रिमियर लिग : आयोजक पाटन क्रिकेट क्लब सुपर सिक्समा प्रवेश 

बैतडी–बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिग प्रतियोगिता अन्तर्गत आयोजक पाटन क्रिकेट क्लब सुपर सिक्समा प्रवेश गरेको छ । 

आज भएको खेलमा किम्तोली क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै आयोजक पाटन क्रिकेट क्लब सुपर सिक्समा प्रवेश गरेको हो । 

Atrya hospital

किम्तोलीले दिएको ११७ रनको सामान्य लक्ष्य पाटनले १२.४ ओभरमा ६ विकेट गुमाएर भेट्टाएको हो । आयोजक पाटनका जतिन थापाले ५७ रनको अर्धशतकीय पारी खेले । सचिन साउँदले २७ रनको योगदान दिए । किम्तोलीका सन्तोस चन्दले ४ विकेट लिए । 

यसअघि श्रीकृष्ण माविको खेलमैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको किम्तोलीले १५.५ बलमै अलआउट हुदै ११६ रन बनाएको थियो । रोशन साउँदले ५४ रनको अर्धसतकीय पारी खेलेका थिए । 
पाटनका लक्ष्मण कार्कीले ४, सुवाष बिष्टले ३ र पंकज पन्तले २ विकेट लिएका थिए ।   

यसैगरी आजै भएको खेलमा रिभरसाईड युवा क्लबले सान्त्वना जित हासिल गरेको छ । दिपचन क्रिकेट क्लबलाई ९६ रनको फराकिलो अन्तरले पराजित गर्दै रिभरसाइडले जित हात पारेको हो । तर दुवै टोली भने जारी प्रतियोगिताबाट बाहिरिएका छन् । 

दुवै टोलीे कुलगडे क्रिकेट क्लबसँग पराजित भएका हुन् ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update