Sagun Khabar
दशौं राष्ट्रिय खेलकुद : बैतडीमा छनौट खेलको उद्घाटन

बैतडी–दशौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको बैतडी जिल्लास्तरीय छनौट प्रतियोगिताको उद्घाटन गरिएको छ । सदरमुकाम गढीस्थित टुँडिखेलमा आज एक समारोहकाबीच छनौठ खेलको उद्घाटन गरिएको बैतडी जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिए ।

उद्घाटन समारोहमा दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द,पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहरा,प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीलगायतको उपस्थिति रहेको थियो । 

छनौट खेलको उद्दघाटन पछि विभिन्न विधाका प्रतियोगिता सम्पन्न भएका छन् । टेबुल टेनिस,बुद्धिचाल,भारत्तोलन (महिला,पुरूष),कराँते,तेक्वान्दो आइटीएफ,तेक्वान्दो,ब्याडमिन्टन (महिला,पुरूष)तर्फका छनौट खेल सम्पन्न भएका छन् । 

Atrya hospital

यस्तै भोलि उसु,फुल कराँते,कराते (महिला,पुरूष) सदरमुकाममा, कात्तिक ६ गते महिला, पुरूष भलिबल देहिमाडौंमा हुने भएको छ । 

यसका साथै कात्तिक ७ गते देहिमाडौंमा एथ्लेटिक्स(महिला,पुरूष), कात्तिक ८ गते पाटनमा कबड्डी (महिला,पुरूष) र पुरूष फुटबल, पुरूष बक्सिङ हुनेछ ।

कात्तिक ९ गते पाटनमै महिला र पुरूष क्रिकेट छनौट प्रतियोगिता हुनेछ ।

प्रतियोगिताका लागि एकहजार ३५ खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् । जसमध्ये सबै खेलका गरेर २८१ खेलाडी छनौट हुनेछन् । 

जिल्लाबाट छनौट भएका खेलाडीहरुलाई प्रदेशस्तरीय छनौट खेलमा सहभागी गराइने जोशीले बताए । 

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा दशौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर २ गतेदेखि कर्णाली प्रदेशमा हुने तय भएको छ ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update