Sagun Khabar
अमेरिकामाथि नेपालको लगातार तेस्रो जीत, टी–२० श्रृंखलामा ‘क्लिन स्वीप’

काठमाण्डौ – अमेरिकासँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले क्लिन स्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराउँदै शृङ्खलामा क्लिन स्वीप गरेको हो ।

अमेरिकाले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १८ ओभर ४ बलमा २ विकेट गुमाएर भेटायो । नेपालका आसिफ शेखले अर्धशतक बनाए । यस्तै कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा नटआउट रहे । अमेरिकाका जसदीप सिंह र जुआनोए ड्रेस्डेलले १÷१ विकेट लिए ।

Atrya hospital

यसअघि डालासमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली अमेरिकाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रन बनायो । अमेरिकाका साइतेजा मुकामलाले ६८ तथा मिलिन्द कुमारले नटआउट ४३ रन बनाए । नेपालका सोमपाल कामीले ३ तथा रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिए ।

अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल सुपर ओभरमा विजयी भएको थियो ।

टी–२० शृङ्खलापछि अब घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्डबीच आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update