Sagun Khabar
दार्चुलामा भन्सार छलीका सामग्रीसहित दुई जना पक्राउ 

दार्चुला –दार्चुलामा भन्सार छलीका सामग्रीसहित दुई जना पक्राउ परेका छन् । 

दार्चुलाको महाकाली नगरपालिका–४ मल्ला बाङ्गाबगडमा बिरबहादुर बोहराले संचालन गरेको बीएम जनरल स्टोरको गोदाममा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका २ लाख ३७ हजार ६ रुपैयाँ मूल्य बराबरको सामग्री फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक छत्र रावले बताए । बोहराको गोदामबाट भन्सार छलीका चिनी, बिडी, खाने तेल, चप्पल, खुद्रा किराना लगायतका सामान बरामद गरिएको उनले बताए । 

Atrya hospital

यस्तै नौगाड गाउँपालिका–२ घर भई हाल महाकाली नगरपालिका–४ मल्ला बाङ्गाबगड बस्ने करन सिंह ठगुन्नाले संचालन गर्दै आईरहेको ठगुन्ना किराना पसलको गोदामबाट पनि ४७ हजार ४७० रुपैयाँ मूल्य बराबरको भन्सार छली गरि ल्याएका सामान जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बरामद गरेको प्रहरी निरीक्षक रावतले बताए । 

ठगुन्नाको गोदामबाट भन्सार छली गरि ल्याएका आटा, चामल, खानेतेल, चिनी, चप्पल लगायतका सामग्री बरामद गरिएको हो । 

गएराति जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीलेि खानतलासी गर्दा फेला परेका सामानसहित बोहरा र ठगुन्ना दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । उनीहरु दुवै जनालाई आज सामानसहित भन्सार कार्यालयमा बुझाइने प्रहरी निरीक्षक रावतले बताए । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०९:२३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update