Sagun Khabar
पाटन प्रिमियर लिग : गुरुखोला र पञ्चेश्वरको विजयी शुरुवात

बैतडी–बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगको छैठौं दिन आज पनि दुई खेल सम्पन्न भएका छन् । जसमा टिम कोइनोडा गुरुखोला लायन्स र पञ्चेश्वर गाउँपालिका विजयी भएका छन् ।

पहिलो खेलमा गुरुखोलाले सागर स्पोट्स क्लब,मेलौलीलाई ८ विकेट हरायो । जितका लागि पाएको ६९ रनको लक्ष्य गुरुखोलाले ४ दशमलब ५ ओभरमा  २ विकेटको क्षतिमा भेट्टायो । जसमा लोकेश चन्दले  अविजित ४९ रनको योगदान गरे ।  सागर स्पोट्सका लागि आकाश विष्टले १ विकेट लिए ।  

यसअघि श्रीकृष्ण मावि पाटनको खेलमैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको सागर स्पोट्स १३ दशमलब ४ ओभरमा ६८ रनमा समेटियो । जसमा धु्रव नायकले १५ रनबनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

Atrya hospital

गुरुखोलाका लागि विकास आग्रीले ३ विकेट लिए । म्यान अफ द म्याच समेत चुनिएका विकासले ३ ओभर बलिंग गर्दै २ मेडन राखेर ४ रन खर्चिदै ३ विकेक हात पारेका हुन् । 

आजै सम्पन्न अर्को खेलमा पञ्चेश्वरले पाटन स्टार क्रिकेट क्लबलाई ८६ रनले हरायो ।  टस हारेर पहिला ब्याटिङ गरेको पञ्चेश्वरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २३३ रन बनायो ।  जसमा कप्तान अभिशेक पालले १४२ रनको सतकीय पारी खेले  ।  स्टारका लागि धिरेन्द्र ऐरीले ३ तथा पञ्कज चन्दले २ विकेट लिए ।

जितका लागि २३४ रनको विशाल लक्ष्य पछ्याएको स्टारले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन मात्रै बनाउन सक्यो ।  जसमा सुदर्शन भट्टले ४४, दिनेश जोशी ३० र आयुश ठगुन्नाले २७ रनको योगदान गरेपनि टोलीलाई जिताउन सकेनन् । पञ्चेश्वरका  जयराम भट्टले ३ र विरेन्द्र नाथले २ विकेट हात पारे ।

अभिशेक प्लेयर अफ द म्याच चुनिएका स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिए  ।  

पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि सञ्चालन भएको प्रतियोगितामा १७ टोलीको सहभागीता रहेको छ । सहभागी टोलीलाई छ समूहमा विभाजन गरेर खेल भइरहेका छन् ।

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताए । 

यस्तै द्वितीय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने पाटन क्रिकेट क्लबले जनाएको छ । 

यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १७:४९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update