Sagun Khabar
बैतडीमा भन्सार छलीका सामग्री बरामद 

बैतडी–बैतडीमा भन्सार छलीका सामग्री बरामद गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले सोमबार दशरथचन्द नगरपालिका –१० अदरपिण्डस्थित सडकखण्डको किनारबाट भन्सार छलेर ल्याएको अवैध सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए । सोमबार दिउँसोदेखि खटिएको प्रहरीले टोलीले सोमबार साँझ ५ बजेको समयमा उक्त सामग्री बरामद गरेको हो । 

Atrya hospital

चिनी,मिश्री लगायतका खाद्यान्न सामग्री, लत्ताकपडा, स्टेश्नरीका सामग्री र सूर्तीजन्य सामग्री गरी ७३ हजार ५ सय रुपैयाँ मूल्य बराबरको सामग्री बरामद गरिएको प्रहरी निरीक्षक ढुंगानाले बताए । 

बरामद गरिएको सामानलाई आवश्यक कारवाहीका लागि आज महाकाली भन्सार कार्यालय झुलाघाटमा पठाइने प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  ०८:२०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update