Sagun Khabar
कैलालीबाट ६ जना जुवाडे पक्राउ 
Atrya hospital

कैलाली –कैलालीबाट ६ जना जुवाडे पक्राउ परेका छन् । 

जिल्लाको घोडाघोडी नगरपालिका–४ माघी गाउँ स्थित कृष्णबहादुर साउदले सञ्चालन गरेको पसलमा जुवातास खेलिरहेको अवस्थामा पसल संञ्चालक सोही ठाउँ बस्ने  ४८ वर्षीय साउदसहित ६ जना पक्राउ परेका हुन् । 

इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ३१ हजार ५ सय र १ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  ०८:२४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update