Sagun Khabar
अपांगता भएका बालबालिकाहरुलाई ह्विलचियर वितरण 

कञ्चनपुर –कञ्चनपुरमा अपांगता भएका व्यक्तिहरुलाई ह्विलचियर वितरण गरिएको छ । 

शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा नेपाली कांग्रेसले मंगलबार आयोजना गरेको पार्टीको सयदिने विशेष अभियानमा अपाङ्गता भएका बालबालिकालाई ह्वीलचियर वितरण गरिएको हो । 

Atrya hospital

शुक्लाफाँटा नगरपालिका र बेदकोट नगरपालिकाका गरी १४ जना बालबालिकालाई सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले मङ्गलबार ह्वीलचियर वितरण गरेको नेपाली कांग्रेसकी नेतृ देवकी जोशीले बताइन् । 

रुडुक नेपालका केन्द्रीय उपाध्यक्ष जोत्सना साउदको पहलमा उपलब्ध भएका ह्विलचियर अपांगता भएका बालबालिकाहरुलाई वितरण गरिएको हो । 

उक्त कार्यक्रममा बोल्दै मन्त्री थापाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री उपलब्ध गराउन प्रदेश सरकारले काम गर्ने बताए । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update