Sagun Khabar
पाटन प्रिमियर लिग : क्वालिटी प्रायोजित निङ्गलाशैनीको विजयी शुरुवात 

बैतडी –बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिग अन्तर्गत बुधबार  दुई खेल सम्पन्न भएका छन् । 

आज भएको पहिलो खेलमा पाटन स्टारले सिगासलाई ७ विकेटले हराएको छ भने दोस्रो खेलमा निङ्गलाशैनीले सपरालीलाई ६९ रनले पराजित गरेको छ ।  

आज भएको पहिलो खेलमा पाटन स्टारकाविरुद्ध सिगासले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको समाप्तिमा ६ विकेट गुमाउदै १२८ रन बनाएको थियो । सिगासका विपिन बोहराले ३५, सिर्जनसिंह ऐरीले २३ तथा नवराज धामीले १७ रनको योगदान गरेका थिए । पाटन स्टारका आयुष ठगुन्नाले २ विकेट लिए । 

Atrya hospital

१२९ रनको विजय लक्ष्य पछ्याएको पाटन स्टारले १५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । पाटनका सुर्दशन भट्टले ६१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै विष्णु बिष्टले ४१ रनको योगदान दिए । सिगासका अनिल ऐरीले ३ विकेट लिए ।

पाटनका सुदर्शन म्यान अफ दि म्याच चुनिए । 

आजै भएको दोश्रो खेलमा सपरालीकाविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको निङ्गलाशैनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९४ रन बनायो । निङ्गलाशैनीका बिक्रम बोहराले ५७ रनको अर्धशतकीय इनिङ् खेले । दिपक बोहराले ३६ रनको योगदान गरे । सपरालीका  प्रकाश भाटले २ विकेट हात पारे । 

१९५ रनको विजयी लक्ष्य पछ्याएको सपरालीले १६ दशमलव २ ओभरमा अल आउट हुँदै १२५ रन मात्रै बनाउन सक्यो । उसका लागि राजु भाटले ३६ रनको योगदान गरे । निङ्गलाशैनीका ऋषिकेश बोहराले ३ तथा वसन्त बोहराले २ विकेट लिए । 

निङ्गलाशैनीका विक्रम बोहरा म्यान अफ द म्याच चुनिएका स्कोरर दिपेन्द्र बोहराले जानकारी दिए । निङ्गलाशैनी क्रिकेट क्लबको मुख्य प्रायोजकमा समाजसेवी, युवा नेता भोजराज जोशी (क्वालीटी) रहेका छन् । गत वर्षको पिपिएलमा क्वालीटीले २ टिमलाई सहभागि गराएका थिए ।

आज भएको खेलमा निङ्गलाशैनीको पहिलो जित हो भने प्रतियोगिताबाट बाहिरएको पाटन स्टारको सान्त्वना जित हो । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update