Sagun Khabar
डडेल्धुराका व्यवसायी बेपत्ता भएको तीन दिनपछि मृत भेटिए
Atrya hospital

डडेल्धुरा –डडेल्धुराका व्यवसायी खेमसिंंह पाली मृत भेटिएका छन् । सोमबारदेखि बेपत्ता रहेका पाली बुधबार मृत भेटिएका हुन् । 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार ५३ वर्षीय पालीको शव परशुराम नगरपालिका–६ करालीस्थित महाकाली नदीको किनारमा फेला परेको छ । 

सोमबारदेखि परिवारको सम्पर्कमा नआएपछि उनको खोजी कार्य सुरु गरिएको हो । सो क्रममा पालीले लगाएको कपडा परीगाउँस्थित महाकाली नदी किनारमा फेला परेको थियो । घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान अगाडि बढाइएको डीएसपी श्रेष्ठले बताए ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  ०८:४४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update