Sagun Khabar
दैजी–छेला औद्योगिक क्षेत्रको काम अघि बढाइने : उद्योग मन्त्री भण्डारी 

कञ्चनपुर –उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैजी–छेला औद्योगिक क्षेत्रको काम सरकारी, निजी र दातृनिकायसँग सहकार्य गरी अगाडि बढाइने बताएका छन् । 

बुधवार महेन्द्रनगरमा दैजी–छेला औद्योगिक क्षेत्रका बारेमा आयोजित छलफलमा बोल्दै उनले औद्योगिक क्षेत्रका नीतिगत, प्रक्रियागत समस्या हल गर्न वनमन्त्रालय र उद्योग मन्त्रालयबीच मन्त्रिस्तरीय छलफल भई समस्या समाधान गर्ने सहमति भएको जानकारी दिए ।

Atrya hospital

औद्योगिक क्षेत्रका काम अगाडि बढाउन स्थापना भएको कार्यालयमा अधिकृतस्तरको कर्मचारी खटाउने तयारी भएको उनले बताए । औद्योगिक क्षेत्रका लगत सङ्कलन गरिएका रुख काट्ने काम अगाडि बढाइने उनको भनाइ छ ।

राजस्व चुहावट रोक्न र दायरा बढाउन मन्त्री भण्डारीले कर्मचारीहरुलाई निर्देशन दिए। लागुऔषधको सीमापार क्षेत्रबाट हुने ओसारपसार रोक्न निगरानी बढाउनुपर्ने मन्त्री भण्डारीको भनाइ छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update