Sagun Khabar
बैतडी रीमको आड गाउँमा बिजुली बल्यो, स्थानीयबासी खुसी 

बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं –१ रीमको आड गाउँमा विद्युत विस्तार भएको छ । स्थानीय युवाहरुको सक्रियता र नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रको सहयोगमा गाउँमा बिजुली बलेको स्थानीय समेत रहेका ज्योतिष डिल्लीराज जोशीले बताए । 

लामो समयपछि गाउँमा बुधबारदेखि बिजुली बलेपछि स्थानीयहरु खुसी भएका छन् । नेपाल विद्युत प्राधिकरणको विद्युत विस्तार गर्ने योजना अनुसार आड गाउँमा बिजुली पुगेको हो । गाउँमा विद्युत विस्तार भएपछि अहिले २० घरधुरीमा बिजुली बलेको स्थानीय समेत रहेका अधिवक्ता भिष्म जोशीले बताए । उनले भने ‘गाउँमा लामो समयपछि विद्युत विस्तार भएपछि स्थानीयबासिन्दाहरु खुसी भएका छौं । विद्युत विस्तार भएपछि अन्धकारबाट मुक्त भएका छौं ।’

Atrya hospital

अठोला पञ्चाङ्गको केन्द्रीय कार्यालय समेत रहेको आड गाउँमा बिजुली बत्ती पुगेको हो । विद्युत सेवा विस्तारमा सहयोग गर्ने सबैलाई स्थानीयहरुले धन्यवाद समेत दिएको अधिवक्ता जोशीले बताए । 

ग्रामीण क्षेत्रमा विद्युत विस्तार गर्ने योजना अनुसार आड गाउँमा विद्युत सेवा विस्तार गरिएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए । चालु आर्थिक बर्षमा जिल्लाका ८० प्रतिशत घरधुरीमा विद्युत सेवा विस्तार गर्ने लक्ष्य रहेको उनले बताए । 

आड गाउँमा विद्युत विस्तारका लागि कार्यालय प्रमुख पौडेलसंगै खोचलेक फ्युज सेवाका प्रमुख अखिलेशकुमार सिंह, वासुदेव लगायतका कर्मचारीहरु फिल्डमा खटिएका थिए । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १७:१४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update