Sagun Khabar
पाटन प्रिमियर लिग : निङ्गलाशैनी सुपर सिक्समा प्रवेश 

बैतडी–बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिग अन्तर्गत निङ्गलाशैनी क्रिकेट क्लब सुपर सिक्समा प्रवेश गरेको छ ।

आज सम्पन्न खेलमा नागार्जुन युवा क्लब,सपरालीलाई ६४ रनले हराउँदै निङ्गलाशैनी सुपर सिक्समा प्रवेश गरेको हो ।

Atrya hospital

जितका लागि पाएको २४३ रनको विशाल लक्ष्य पछ्याएको नागार्जुन १८ ओभरमा १७८ रनमा समेटियो । 

उसका अनुराग चन्दले सर्वाधिक ४५ रनको योगदान गरेपनि जितका लागि सम्भव हुन सकेन । 

निङ्गलाशैनीका गजेन्द्र बोहराले ३,खडक बोहरा र विरेन्द्र चन्दले २÷२ विकेट हात पारे । खडक म्यान अफ द म्याच चुनिएका स्कोरर दीपेन्द्रबहादुर बोहराले बताए । 

यसअघि श्रीकृष्ण मावि पाटनको खेलमैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको निङ्गलाशैनीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २४२ रन बनायो । 

जसमा दीपक बोहराले अविजित ७८,खडक बोहराले ६३ रनको योगदान दिए । 

नागार्जुनका धिरज ठगुन्ना,गोविन्द नाथ, अम्मर चन्द र कृष्ण भाटले १÷१ विकेट हात पारे । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १७:४२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update