Sagun Khabar
साफ च्याम्पियनशीप फुटबल : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश  

काठमाण्डौ – नेपाल समूह ‘बी’ को विजेता बन्दै साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई ६–० गोलले हरायो । नेपालका लागि रेखा पौडेलले २ तथा सावित्रा भण्डारी, सबिता राना मगर, रश्मीकुमारी घिसिङ र अमिशा कार्कीले समान १ गोल गरे ।

Atrya hospital

योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । भुटान समूह ‘बी’ बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो खेलमा भुटानले माल्दिभ्सलाई १३–० गोलले हरायो । समूह ‘ए’ बाट बङ्गलादेश विजेता बन्दै र भारत उपविजेता बन्दै सेमिफाइनलमा पुगिसकेका छन् ।

अब सेमिफाइनलमा नेपालले भारतसँग र बङ्गलादेशले भुटानसँग खेल्नेछ । सेमिफाइनल खेल आउँदो आइतवार हुनेछ । साफ महिला च्याम्पियनशिपको फाइनल खेल आउँदो बुधवार हुनेछ ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १९:४५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update