Sagun Khabar
बैतडीमा तीन बर्षको अवधिमा सडक दुर्घटनमा ३८ जनाको मृत्यु 

बैतडी– बैतडीमा तीन बर्षको अवधिमा सडक दुर्घटनामा परेर ३८ जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन बर्षको अवधिमा ३८ जनाको ज्यान गएको छ भने १ सय ३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए । 

बढी जसो ग्रामीण कच्ची सडकमा दुर्घटना हुने गरेको पाइएको प्रहरी निरीक्षक ढुंगानाले बताए । मापसे गरेर सवारी साधन चलाउनु, तीव्र गतिमा सवारी साधन चलाउनु,सडकको स्तर राम्रो नहुनु लगायतका कारणले सडक दुर्घटना हुने गरेको प्रहरी निरीक्षक ढुंगानाले जानकारी दिए । 

Atrya hospital

बैतडीमा आर्थिक बर्षमा २०७८ ÷७९ मा सडक दुर्घटनामा परेर १५ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए । यस्तै आर्थिक बर्ष २०७९÷८० मा १४ जनाको मृत्यु भएको थियो भने ६६ जना घाइते भएका थिए । 
यस्तै गत आर्थिक बर्ष २०८१÷८१ मा ७ जनाको मृत्यु भएको प्रहरी तथ्यांक छ भने २५ जना घाइते भएका छन् । 

चालु आर्थिक बर्षको अहिलेसम्म सडक दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update