Sagun Khabar
बैतडीका सिडिओ शर्माको सरुवा, नयाँ सिडिओ उपाध्याय आउँदै 

बैतडी–बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माको सरुवा भएको छ । गृहमन्त्रालयले शर्माको जिल्ला प्रशासन कार्यालय डोटीमा सरुवा गरेको हो । उनलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कामकाज गर्न खटाइने मन्त्रालयले जनाएको छ । 

२०८० साल पुस ६ गते बैतडीमा प्रमुख जिल्ला अधिकारीको रुपमा हाजिर भएका शर्माको १० महिनामा सरुवा भएको हो । 

Atrya hospital

शर्माको सरुवा गरेर मन्त्रालयले बैतडीमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा गहृमन्त्रालयका उपसचिव दिर्घराज उपाध्यायलाई खटाएको छ । 

बैतडीको १० महिनाको बसाई निकै सुखद रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकको जिल्लाको रुपमा बैतडीलाई औल्याउँदै देवभूमी र पूण्यभूमीमा काम गर्न पाएकोमा गौरव लागेको उनले बताए । 

बैतडी आउनुभन्दा पहिला टाढाको जिल्ला भनेर सोचिएपनि यहाँ आइसकेपछि निकै रमाइलो अनुभूती भएको उनले बताए । जिल्लामा बस्दा सबै पक्षको सकारात्मक सहयोग पाइएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । जिल्लामा बस्दा सहयोग गर्ने सबैलाई उनले धन्यावाद समेत ज्ञापन गरेका छन् ।   
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update