Sagun Khabar
बैतडीमा खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु 
फाइल फोटो

बैतडी –बैतडीमा खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । 

जिल्लाको दोगडाकेदार गाउँपालिका–४ दिउनाकी ६५ बर्षीया हिरा बिष्टको खर काट्ने क्रममा भीरबाट लडेर शुक्रबार बिहान १० बजेतिर मृत्यु भएको दोगडाकेदार गाउँपालिका वडा नं –४ का वडा अध्यक्ष तर्कराज भट्टले बताए । 
बिहानै घरबाट खर काट्नका लागि आफ्नी बुहारीसंगै गएकी बिष्ट उच्चाइनी भन्ने भीरबाट लडेकी थिइन् । भीरबाट लडेर करीब २ सय मिटर तल सडकमा खसेकी बिष्टको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष भट्टले बताए । उक्त भीर खम्तोला र बसालीको बीच भागमा पर्ने गर्दछ । 

Atrya hospital

सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा हिउँदमा वस्तुभाउलाई खुवाउनका लागि वनपाखामा खर काटेर जमा गर्ने चलन रही आएको छ । असोज –कार्तिकमा खर काटेर सुकाउने र सोही खरलाई हिउँदमा वस्तुभाउका लागि प्रयोग गर्ने गरिएको छ । 

खर काट्नका लागि महिलाहरु ठूल्ठूला भीरहरुमा समेत जाने भएकाले धेरैले अकालमै ज्यान गुमाउने गरेका छन् । उच्चाइनी भीरबाट लडेर यो भन्दा पहिला पनि दुई–तीनओटा घटना भइसकेका वडा अध्यक्ष भट्टले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update