Sagun Khabar
दशौं बृहत राष्ट्रिय खेलकुद : बैतडीमा छनौट प्रतियोगिता सम्पन्न 

बैतडी –दशौं बृहत राष्ट्रिय खेलकुद अन्तर्गत बैतडीको जिल्लास्तरीय छनौट प्रतियोगिता सम्पन्न भएको छ ।

पाटनमा शुक्रबार एक कार्यक्रमकाबीच छनौट प्रतियोगिताको समापन गरिएको बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले बताए । 

Atrya hospital

कात्तिक ३ गतेदेखि शुरू भएको छनौट प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो । यसअघि विभिन्न विधाका प्रतियोगिता पनि सम्पन्न भएका छन् । 

टेबुल टेनिस, बुद्धिचाल, भारत्तोलन (महिला,पुरूष), कराँते,तेक्वान्दो आइटीएफ, तेक्वान्दो, ब्याडमिन्टन (महिला,पुरूष), उसु, फुल कराँते, कराते (महिला,पुरूष), महिला–पुरूष भलिबल , एथ्लेटिक्स(महिला,पुरूष), कबड्डी (महिला,पुरूष) र पुरूष फुटबल, पुरूष बक्सिङ र महिला र पुरूष क्रिकेट छनौट प्रतियोगिता सकिएका हुन् 

छनौट प्रतियोगितामा एकहजार बढी खेलाडी सहभागी थियो ।  सहभागीमध्ये सबै खेलका गरेर २८१ खेलाडी छनौट हुनेछन् । 

छनौट भएका खेलाडीको नामावली केही दिनमा सार्वजनिक गरिने बैतडी जिल्ला खेलकुद समितिले जनाएको छ ।

जिल्लाबाट छनौट भएका खेलाडीले प्रदेशस्तरीय छनौट खेलमा सहभागी हुनेछन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा दशौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर २ गतेदेखि कर्णाली प्रदेशमा हुने तय भएको छ । तर राष्ट्रिय खेलकुद प्रतियोगिताको तालिका सर्ने सम्भावना रहेको अध्यक्ष भण्डारीले बताए । 

छनौट प्रतियोगिता समापन समारोहमा बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारी,कार्यालय प्रमुख तर्कराज जोशी,भलिबल प्रशिक्षक हरिसिंह भण्डारी, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बोहरा,क्रिकेट प्रशिक्षक दिपेन्द्रबहादुर चन्द,बैतडी जिल्ला क्रिकेट संघका उपाध्यक्ष लोगराज जोशी,क्रिकेट छनौट समितिका सदस्य राजेन्द्र चन्द,प्रदेश अम्पायर हरिश रावललगायतको उपस्थिति रहेको थियो । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  ०९:०९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update