दाङ – दाङको तुलसीपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।
रोल्पाबाट तुलसीपुरका लागि छुटेको रा १ ज ८२२ नम्बरको जिप आज बिहान तीन बजेतिर राप्ती राजमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा सडकबाट खसेको हो ।
दुर्घटनामा दाङकै दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय चालक हिरामणी बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर–६ का १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको इलाका प्रहरीका कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
घाइते तीन जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको पनि प्रहरी निरीक्षक थापाले बताए ।
प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१ ०९:५४
प्रतिक्रिया दिनुहोस्