Sagun Khabar
पाटन प्रिमियर लिग : सुपर सिक्समा गुरुखोलाको फराकिलो जित 

बैतडी –बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिग अन्तर्गत आजदेखि  सुपर सिक्सका खेलहरू शुरु भएका छन् । 

सुपर सिक्सको पहिलो खेलमा कोइनोडा गुरूखोला लायन्सले फराकिलो जित दर्ता गरेको छ । पाटन भ्याली क्रिकेट क्लबलाई १६८ रनले पराजित गर्दै गुरुखोलाले उत्कृष्ट जित दर्ता गरेको हो । 

गुरूखोलाले दिएको २५७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा भ्याली १४.२ ओभरमा ८८ रनमा समेटियो ।  उसका विकास विष्टले सर्वाधिक २४ रन हिर्काए ।

Atrya hospital

गुरूखोलाका कप्तान वसन्त खत्रीले ३, विकास आग्री,भुपेन्द्र चन्द र कल्पेश चन्दले २÷२ विकेट हात पारे ।

यसअघि श्रीकृष्ण मावि पाटनको खेलमैदानमा पहिला ब्याटिङ गरेको गुरूखोलाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २५६ रन बनायो । जसमा निराजन गौतमले ११० रनको शतकीय पारी खेले । वसन्त खत्रीले ६६ रनको योगदान गरे । 

भ्यालीका किरन चन्दले २ विकेट लिए ।

गुरूखोलाका निराजन गौतम म्यान अफ द म्याच भएका स्कोरर तिलक बोहराले जानकारी दिए । यो फराकिलो जितसंगै गुरूखोलाले सेमिफाइनलको सम्भावना बलियो बनाएको छ ।

पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि शुरू भएको प्रतियोगितामा १७ टोलीको सहभागीता छ ।

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताए । 

द्वितीय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने पाटन क्रिकेट क्लबले जनाएको छ ।

यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update