Sagun Khabar
कञ्चनपुरमा दम्पती हत्या प्रकरण : तीन जना पक्राउ

कञ्चनपुर –कञ्चनपुरमा दम्पती हत्या प्रकरणमा संलग्न रहेको आंशकामा तीन जनालाई पक्राउ गरिएको छ ।

कञ्चनपुरको दक्षिणी क्षेत्र लालझाडी गाउँपालिका–१ बिनबारीका रामेश्वर बडायक र कमला बडायक दम्पती हिजो मृत फेला परेका थिए । उनीहरुको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको बिषयमा अनुसन्धान जारी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका डीएसपी हेमबहादुर शाहीले बताएका छन् । उनका अनुसार सो घटनामा संलग्न रहेको आंशकामा तीन जनालाई नियन्त्रणमा लिइएको छ । 

Atrya hospital

दम्पतीको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएको छ । घटनाको अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको भएपनि उनीहरुको नाम खुलाइएको छैन् । 

घटनाको सुक्ष्म अनुसन्धान गर्न तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीबाट दम्पती हत्या घटनाको सुक्ष्म अध्ययन गर्न कुकुरसहित प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको हो । 

घटनाको विषमा अध्ययन गर्न धनगढीबाट तालिमप्राप्त कुकुर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेशराज जोशीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान गरिरहेको छ । 

शुक्रबार बिहान रामेश्वर बडायक घरको आँगन र कमला घरभित्रै ओछ्यानमै मृत फेला परेका थिए । विहिबार राति उनीहरूको हत्या भएको हो । 

बडायक दम्पतीको विभत्स तरीकाले हत्या भएपछि गाउँमा त्रास फैलिएको छ । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १४:१९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update