Sagun Khabar
पाटन प्रिमियर लिग : सुपर सिक्समा आयोजक पाटनको जित 

बैतडी–बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिग अन्तर्गत सुपर सिक्समा आयोजक पाटन क्रिकेट क्लबले जित निकालेको छ । 

पाटनले कुलगडे क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै जित निकालेको हो । 

कुलगडेले दिएको ५६ रनको झिनो लक्ष्य पाटनले ४.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्याे । जसमा सचिन साउदले २४ र सुमित बुडालले १४ रनको योगदान गरे । कुलगडेका सुरज ठगुन्नाले १ विकेट लिए ।

Atrya hospital

यसअघि श्रीकृष्ण मावि पाटनको खेलमैदानमा पहिला ब्याटिङ गरेको कुलगडे ११.१ ओभरमा ५५ रनमा अलआउट भयो । पञ्कज लुहारले १७ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

कुलगडेको पारी ध्वस्त पार्ने क्रममा म्यान अफ द म्याच भएका पंकज पन्तले ३, सुभाष बिष्ट र सुशील भाटले २÷२ विकेट हात पारेका स्कोरर तिलक बोहराले बताए । 

आजको जितले पाटनलाई सेमीफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । 

यसअघि आजै सम्पन्न अर्काे सुपर सिक्सको खेलमापाटन भ्याली क्रिकेट क्लबलाई १६८ रनले स्तब्ध पार्दै कोइनोडा गुरूखोला लायन्सले फराकिलो जित दर्ता गरेको थियो ।

प्रतियोगिता अन्तरगत आइतबार पनि सुपर सिक्सका दुई खेल हुनेछन् ।

पहिलो खेलमा पाटन क्रिकेट क्लब र पञ्चेश्वर गाउँपालिका खेल्दा दोस्रोमा पाटन भ्याली क्रिकेट क्लब र निङ्गलाशैनी क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ ।   
 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update